Friday, January 20, 2023

मेरो लौहता!

 ****************मेरो लौहता!********************


म मृत्यु कुरेर बसेको तुलसी मोठमा ।
मेरा दश दान पनि सकिए ।
म राम कृष्ण जपेर सास सजिलो पार्दै थिए ।
आयो-आयो सबै चिच्याए !
मैले सकि-नसकि आँखा फटाएर मुन्टो उठाए।
कोशेली बोकेर जीवन अन्मरिएछ !
हो कोशेली बोकेर जीवन अन्मरिएछ ।

म उठौं त कि नउठौ?
उठौं पनि किन उठौ?
म गदगद पनि किन होउँ?
म लाचर हुँदा जीवनले मलाई अंहँ, सम्झिएन ।
मलाई हाहाकार हुँदा, उ कहिल्यै गर्जिएन ।
म पराजय स्वीकारेर, इश्वरलाई क्षमा दिदै थिए ।
हो म पराजय स्वीकारेर, ईश्वरलाई क्षमा दिदै थिए ।
जीवन जय झण्डा बोकेर आँगनमा आइपुगेछ ।
जीवन जय झण्डा बोकेर आँगनमा आइपुगेछ ।



मेरा हजार गुनासहरु छन् ।
मेरा हजार गुनासहरु छन् ।
मेरा अनन्त अनिदा रातहरुका राता आँखाहरु छन् ।
मेरा गुहारका चिच्याहटले बसेका गला छन ।
दश औला जोडेर गरेका दण्डवतका डामहरु छन् ।
म के मात्र निफनौ? म के मात्र बयान गरौ ।
म यी बिलाप कसरी पस्क्यौ?
धेरै नै छन्, म यि बिलाप कसरि पस्क्यौ?
जीवन जय झण्डा बोकेर आँगनमा आइपुगेको छ ।


अँह, जीवनले त्यो केहि देखेन।
मेरा अमिलिएका पीडा केहि देखेन ।
उ त पूर्विया जस्तो आइदियो ।
आफ्नो आभाले सबैलाई चम्काइदियो दियो ।
उसले हाल खबर पनि सोधेन, बिमारको कारण पनि खोजेन ।
जीवन त हाँसी हाँसी आइदियो ।
हात समाएर मलाई उठाइदियो ।
मेरा पीडा र संघर्षहरु त्यसै निम्छरा भइदिए ।
शैया लिइसकेको शरिर, छिटै निकोसरी नै भइदियो ।
आउ आज दीप जलाउ ।
आउ आउ आज, तिमी दीप जलाउ।
जीवनले मृत्यु जितेको एक दिन हो यो ।
जीवनले मृत्यु जितेको एक दिन हो यो! 

Sunday, April 25, 2021

गुहार - लौ कृष्ण

 लौ कृष्ण! (Aug 10, 2020, Facebookमा टाँसेको)

लौ कृष्ण तिम्रो जन्मदिन रहेछ,
शुभकामना भन्न मन लाग्यो ।
तिमी नारायणका आठौं अवतार,
मलाई चाँहि सत्यको जय गन्न मन लाग्यो ।|
तिमी जगले मानेका,
गीता जानेका दैव ।
सारा जगसँग तिमी जन्मदिन मनाउ,
बालख देखि वृद्धसम्म सबै मनलाई नचाउ!
म त तिम्रा भजन् मा नाच्छु ,
तिम्रा लिलाका रसमा,
लोकका मान्यताका साघुँ भाच्छु ।
अनि अन्नत आकाशको एउटा कुना चेपेर,
तिमी, यदि छ भने, आफ्ना भूत केलाउँदै बस ।
समयको आयाम तिम्रा लागि कस्तो हो,
त्यो मेरो कल्पना बाहिरको कुरो भयो ।
तर यदि तिम्रा लागि भूत र भविष्यमा फरक छ भने,
त्यो बुझाई यो लोकमा प्रसारित गरिदेउ ।
तिमी नारायणका स्वरुप,
हामी ब्रह्माका श्रृष्टी ।
नयाँ अवतार उपलब्ध भए,
जानकारी पठाउ, अविलम्ब जनाउ ।
किन भने, तिमीले कुरा सबै बुझेकै हो त भनि सोध्न मन लाग्न थालेको छ ।
गीता तिमीले हामीलाई मात्र छोडेका हौ कि भनि शंका जाग्न थालेकको छ ।
अनविज्ञ पक्कै छैनौ होला,
आफ्नै अस्तित्व किटानी गर भन्न मन लागेको छ ।
बाँकि गुनासा पछी !